Logo

सेयर बजारमा दोहोरो अंकको वृद्धि, खुम्चियो कारोबार

सेयर बजारमा दोहोरो अंकको वृद्धि, खुम्चियो कारोबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उकालो लाग्दै उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १९.३० अंकले बढ्दै बन्द भएको हो ।

आज कुल ३ सय २४ कम्पनीका १ करोड ६२ लाख ५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ३५ करोड नाघेको छ । यो अघिल्लो कारोबार दिन आईतबारको तुलनामा भने कम हो । आईतबार साढे ८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएकामध्ये १ सय ८५ कम्पनीको सेयरमुल्य उकालो लाग्दा ६० कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज सेयरमूल्य बढेका कम्पनीहरुमध्ये ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएकामध्ये होटल तथा पर्यटनबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्