Logo

भिजिट भिसामार्फत युएई जानका लागि नयाँ नियम लागू, स्पोन्सरको आम्दानीको स्रोत बलियो हुनुपर्ने

भिजिट भिसामार्फत युएई जानका लागि नयाँ नियम लागू, स्पोन्सरको आम्दानीको स्रोत बलियो हुनुपर्ने



काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले भिजिट भिसामा परिवार तथा आफन्त लैजानेका लागि नयाँ नियम लागू गरेको छ । अब युएईमा परिवार, आफन्त वा साथीभाइलाई स्पोन्सर गर्दा स्पोन्सरको आम्दानीको स्रोत बलियो हुनुपर्ने व्यवस्था युएईले गरेको हो ।

नयाँ व्यवस्थाअनुसार अब स्पोन्सर गर्ने व्यक्तिको न्यूनतम मासिक पारिश्रमिक चार हजार दिराम देखि १५ हजार दिरामसम्म हुनुपर्नेछ । बुबा आमा, श्रीमान/श्रीमती, छोराछोरीहरुलाई भिजिट भिसामा युएई लैजानको लागि मासिक तलब न्यूनतम चार हजार दिराम हुनुपर्नेछ ।

हजुरबा, हजुरआमा, दाजुभाइ, दिदीबहिनी, नाति–नातिनी जस्ता नाता सम्बन्धका व्यक्तिलाई लैजाने हो भने उनीहरुलाई लैजाने व्यक्तिको मासिक तलब ८ हजार दिराम हुनुपर्नेछ । त्यस्तै काका–काकी, मामा, फुपू जस्ता सम्बन्धका आफन्त लैजान पनि मासिक ८ हजार दिराम तलब कमाउने हुनुपर्नेछ ।

नातेदार बाहेकका साथीभाइ घुम्न लैजाने हो भने पनि पाइन्छ । तर यसका लागि स्पोन्सरको तलब मासिक १५ हजार दिराम हुनुपर्ने उल्लेख गरिएको छ । आवेदकले कम्तीमा ६ महिना म्याद रहेको पासपोर्ट तथा फिर्ती यात्रा टिकट पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्