Logo

यो साता नेप्से २७ अंकले बढ्यो, विहीबार पनि साढे ६ अंकको बृद्धि

यो साता नेप्से २७ अंकले बढ्यो, विहीबार पनि साढे ६ अंकको बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ पुस, काठमाडौं । यो साता नेप्से परिसुचक २७ अंकले बढेको छ । साताको मंगलबार वाहेक अन्य सवैदिन नेप्से परिसचक उकालो लागेको छ । यो साता ९ सय ३ दशमलव ४७ विन्दुबाट बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तत ९ सय ३० दशमलव ९७ विन्दुमा पुगेर अडिएको छ ।

साताको पहिलो दिन १३ दशमलव ९३ अंकले बढेको नेप्से आज अन्तिम दिन पनि ६ दशमलव ४३ अंकले बढेको छ । यो साता नेप्से परिसुचक मंगलबार मात्र २ दशमलव ३६ अंकले घटेको थियो ।

विहीबार पनि बजारमा सवै समुहका परिसुचक उकालो लागेको छ । आज बजारमा सवैभन्दा बढी होटल समुहको परिसुचक ३४ दशमलव ७१ अंकले बढेको छ भने बीमा समुहको परिसुचक पनि २८ दशमलव ३८ अंकले बढेको छ । यसैगरी, बैंकिङ समुहको परिसुचक पनि ५ दशमलव ३८ अंकले बढेको छ ।

विहीबार कुल २८ करोड १३ लाख रुपैयाँ बरावरको ८ लाख ७३ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL