Logo

आइतबार नेप्से १४ अंकले बढ्यो, कारोवार रकममा पनि बृद्धि

आइतबार नेप्से १४ अंकले बढ्यो, कारोवार रकममा पनि बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२० पुस, काठमाडौं । आइतबार नेप्से परिसुचक १३ दशमलव ९३ अंकले बढेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक ९ सय १७ दशमलव ६१ विन्दुमा पुगेर अडिएको छ ।

आइतबार बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक उच्च रुपमा बढेको छ । उक्त समुहको परिसुृचक १ सय २२ दशमलव ८३ अंकले बढेको छ भने जलविद्युत् समुहको परिसुचक २३ दशमलव ३६ अंकले बढेको छ । यसैगरी नेप्सेमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि १३ दशमलव ४७ अंकले बढेको छ । बैंकिङ समुहको परिसुचक बढेसँगै समग्र नेप्से परिसुचक पनि उकालो लागेको सेयर विष्लेशकहरु बताउँछन् ।

यस्तै विकास बैंक समुहको परिसुचक पनि ११ दशमलव ४५ अंकले बढेको छ भने फाइनान्स समुहको परिसुचक पनि सामान्य उकालो लागेको छ । तर, होटर र अन्य समुहको परिसुचक भने सामान्य ओरालो लागेको छ ।

आइतबार सेयर कारोवार रकम पनि बढेको छ । गत हप्ताको अन्तिम दिन कुल १७ करोड ७० लाख रुपैयाँ बरावरको ५ लाख ४१ हजार कित्ता सेयर कारोवार भएकोमा आज २६ करोड ६१ लाख रुपैयाँको ५ लाख ५२ हजार कित्ता सेयर कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL