Logo

सिजीले सम्पन्न गर्याे रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न

सिजीले सम्पन्न गर्याे रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न



काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्टजेनले जिम्मी रारा एडभेन्चर अ राईड विथ अ कज सम्पन्न गरेको छ ।

laxmi

जिम्मी मालिकहरूले जिम्मीको वास्तविक क्षमता पत्ता लगाउ सकुन भन्ने उद्देश्यका साथ उक्त राईड सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

बैशाख २३ देखि २९ सम्म सम्पन्न भएको सो राईड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुदै सुर्खेतमा समापन भएको थियो । बुटवलबाट सुरु भएको रारा एडभेन्चर राईडमा मारुती सुजुकी इंडिया लिमिटेडका डिभिजनल म्यानेजर अनिल सैनीले जिम्मीको ५ दशकभन्दा लामो बिरासत र यसको अफ रोडिंग क्षमताको बारे थप प्रकाश पारेका थिए ।

साथै विश्वभरी नै जिम्मी एउटा लाइफ स्टाईल एसयूभी को रुपमा निकै लोकप्रिय भएको पनि बताए । ९० भन्दा धेरै देशहरुमा लन्च भएको जिम्मी ३० हजारभन्दा धेरै युनिट बिक्रि भईसकेको पनि बताए ।सो राईडमा १० वोटा जिम्मी गाडीले सहभागीता जनाएको थियो। राईडलाई अझै अर्थपूर्ण बनाउन कालिकोट क्षेत्रस्थित सरस्वती आधारभूत विद्यालयलाई २ लाखको सहयोग हस्तान्तरण पनि गरेको थियो ।

१ सय ३५ भन्दा बढी विधार्थी अध्यनरत सो विद्यालयलाई कालिकोटमा एउटा सहयोग कार्यक्रम आयोजना गरी मुलपानी –८, कालिकोटका वडा अध्यक्ष लाल बहादुर बिस्टको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।

राईडमा सहभागि एक जिम्मी ग्राहक शिव श्रेष्ठले आफ्नो अनुभव सुनाउद भने, ‘रारा फेरि जानु एउटा इच्छा थियो, जिम्मी मैले यसको अफ रोडिंग क्षमताका कारण खरिद गरेको हो, यो राईडमा जिम्मीको क्षमता अनुभव गर्न पाए । यो कार्यक्रममा विभिन्न क्षेत्रका अरु राईडरहरु भेट्न पाए, एउटा परिवार जस्तो भयौ हामी, यो राईड अत्यन्त रमाइलो भयो र आगामी दिनमा पनि यस्तो कार्यक्रम आयोजना होस् भनेर कामना पनि गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
MBL