Logo

सुजल डेरीको रश बदाम ड्रिंक बजारमा, अन्तरराष्ट्रियस्तरको अटोमेटेड मेशिनबाट उत्पादन

सुजल डेरीको रश बदाम ड्रिंक बजारमा, अन्तरराष्ट्रियस्तरको अटोमेटेड मेशिनबाट उत्पादन



काठमाडौं । सुजल डेरीले नवीनतम ब्रान्ड रश बदाम ड्रिंक बजारमा ल्याएको छ । रश बदाम ड्रिंकमा प्रयोग भएको क्यालिफोर्नियन आल्मोन्डस, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट संकलन गरिएको दुधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कम्पनीले बताएको छ ।

laxmi

रश बदाम ड्रिंक अन्तरराष्ट्रिय स्तरको अटोमेटेड मेशिनबाट उत्पादन गरिन्छ । रश बदाम ड्रिंकमा आल्मोन्डसको स्वाद, साफोरनको गुडनेस र दूधको तागतले उपभोगतालाई रिफ्रेस गर्नका साथै उर्जा पनि प्रदान गर्दछ ।

कम्पनीले वर्तमान समयको जिवनशैली एकदमै छिटो बन्दै गइरहेको छ र निरन्तर अघि बढनको लागि शरिरलाई चहिने ऊर्जाले पनि त्यत्तिकै महत्व राख्ने बताएको छ । उपभोगतालाई निरन्तर प्रयास गर्न र सफल बन्नको लागि चाहिने उर्जा रश बदाम ड्रिंकले पुर्ण गर्दछ । सफलता र निरन्तर प्रयासलाई प्रोत्साहन गर्नको लागि कम्पनीले ‘गेट गोइङ, कीप गोइङ’ नामक सन्देश ल्याएको छ ।

रश बदाम ड्रिंकले उपभोगतालाई सधै एक्टिभ, रेडी, गोइङ बनाउने कुरामा कम्पनी विश्वस्त छ । रश बदाम ड्रिंकको १८० एमएम क्यान १०० रुपैयाँमा बजारमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL