Logo

अब विद्युतीय गाडी नेपालमै बन्ने, चिनियाँ कम्पनीले गर्याे ३ अर्ब लगानी गर्ने सम्झौता

अब विद्युतीय गाडी नेपालमै बन्ने, चिनियाँ कम्पनीले गर्याे ३ अर्ब लगानी गर्ने सम्झौता



काठमाडौं । अब चिनियाँ सवारीसाधनहरु नेपालमै बन्ने भएका छन् । नेपालमा जारी तेस्रो लगानी सम्मेलनमा चिनियाँ कम्पनीले नेपालमा विद्युतीय सवारी एसेम्बल गर्ने सम्झौता गरेको गरेसँगै अब नेपालमै गाडी बन्ने भएका हुन् । लगानी सम्मेलनको दौरान चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा ३ अर्ब रुपैयाँ लगानीको समझदारी (एमओयू) भएको हो ।

laxmi

तेस्रो लगानी सम्मेलनको दोस्रो दिन चिनिया कम्पनी अटोबडीले एनके मोटर्ससँग एमओयू गरेको छ । सम्झौता कार्यान्वयन भएमा वार्षिक ५ हजारभन्दा बढी विद्युतीय सवारी उत्पादन हुनेछ ।

सम्झौताअनुसार दुई कम्पनीले नेपालमा सुरुवातमा व्यवसायिक प्रयोजनमा प्रयोग हुने फोर ह्विल सवारी उत्पादन गर्ने छ । सम्झौताअनुसार चीनको कम्पनीले नेपालमा सवारी उत्पादनका लागि ३ अर्ब लगानी गर्नेछ । यसअनुसार विराटनगरको बुढीगङ्ग्गामा १५ बिघा जमिनमा उत्पादन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL