Logo

नेप्से ९ सयभन्दा माथी, १६ अंकले बढ्यो, कारोवार रकममा पनि बृद्धि

नेप्से ९ सयभन्दा माथी, १६ अंकले बढ्यो, कारोवार रकममा पनि बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ पुस, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक उच्च रुपमा बढेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से अन्ततः १५ दशमलव ९२ अंकले बढेको छ । आइतबार नेप्से  परिसुच ९ सय ३ दशमलव ४९ अंकमा पुगेको छ ।

आइतबार बजारमा सवैभन्दा बढी जलविद्यत् समुहको परिसुचक उकालो लागेको छ । उक्त समुहको परिसुचक ५३ दशमलव ७८  अंकले बढेको छ । यसैगरी, बीमा समुहको परिसुचक पनि ५३ दशमलव ७२ अंकले बढेको छ । बजारमा प्रभाव पार्ने बैंकिङ समुह पनि उच्च रुपमा बढेको छ । बैंकिङ समुह १६ दशमलव ६अंकले बढेपछि समग्र नेप्से परिसुचक उकालो लागेको हो ।

यस्तै, बजारमा विकास बैंक समुह पनि ११ अंकले बढेको छ । आइतबार बजारमा सवै समुहका परिसुचक उकालो लागेको छ ।

आइतबा बजारमा कारोवार रकम पनि केही उकालो लागेको छ । अघिल्लो हप्ता दैनिक १५ करोड रुपैयाँको हाराहारीमा कारोवार भएको थियो । तर, आज बजारमा ३० करोड ६६ लाख रुपैयाँ बरावरको ५ लाख ७३ हजार कित्ता सेयर मात्र कारोवार भएको नेप्सेले जानकरी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL