Logo

डिशहोम फाइबरनेटको ‘क्याच द बिग’ अफर सार्वजनिक, यस्ता छन् विशेषता

डिशहोम फाइबरनेटको ‘क्याच द बिग’ अफर सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । डिशहोम फाईबरनेटले यसको ग्राउन्डब्रेकिंग क्याच द बिग अफरू सुरु गरेको छ। यस योजना अन्तर्गत, ग्राहकहरूले अब अपत्यार लाग्दो मूल्यहरूमा उत्कृष्ट सेवा सहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्ने कम्पनीले दावी गरेको छ ।

laxmi

१०० एमबीपीएस इन्टरनेट प्याकेज मात्र ७,५२२ रुपैयाँमा ग्राहकहरूले १२ महिनाको लागि प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । जबकि २०० एमबीपीएस प्याकेजको मूल्य मात्र ७,७८८ रुपैयाँ उही अवधिको लागि रहेको छ भने अझ छिटो गति खोज्नेहरूले मात्र ९,९१२ रुपैयाँमा १२ महिना कै लागि ३०० एमबीपीएस प्याकेज रोज्न सक्छन् । यती मात्र नभएर डिशहोम फाईबरनेटले प्रत्येक प्याकेजको साथ निःशुल्क फाइभ-जी राउटर पनि कम्पनीले दिने जनाइएको छ ।

यो अफरको घोषणा नेपाल र आयरल्याण्ड वुल्भ्स बीचको उद्घाटन खेलसँगै कम्पनीले गरेको हो । बजेट-अनुकूल मूल्यहरूमा प्रिमियम गुणस्तरको इन्टरनेट सेवाहरूमा क्रान्तिकारी परिवर्तन गर्ने डिशहोम फाईबरनेट को प्रतिबद्धतालाई संकेत गर्दछ । यो गज्जबको अफर प्राप्त गर्न, इच्छुक व्यक्तिहरूले आफ्नो नजिकको डिशहोम फाईबरनेट डिलर दाई कहाँ जानुहोस् वा ०१-५९७०३६५ मा संपर्क गर्नुहोस् ।

डिशहोम फाईबरनेटको खेल-परिवर्तन गर्ने प्याकेजहरू आएसँगै , आईएसपि उद्योगमा मूल्य युद्धको युग समाप्त भएको सन्केत देखाएको छ, जसले सबैका लागि उच्च-गति इन्टरनेट पहुँचको नयाँ युगको सुरुवात गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL