Logo

सर्वोत्तम सिमेन्टको सेयर नेप्सेमा सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

सर्वोत्तम सिमेन्टको सेयर नेप्सेमा सूचीकृत, कतिमा होला पहिलो कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सर्वोत्तम सिमेन्टको सेयर सूचीकृत गरेको छ । सोमबार नेप्सेले कम्पनीको ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत गरेको हो ।

laxmi

सेयर सूचीकृत भएसंगै मंगलबारबाट कम्पनीको सेयर कारोबार हुन सक्ने छ । मंगलबारको स्पेसल प्रि–ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको सेयर कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि १८५.३६ रुपैयाँ देखि ५५६.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । सूचीकरण पछिको पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको प्रतिसेयर नेटवर्थ (अडिटेड) को ३ गुणासम्म ओपनिङ रेन्ज तोक्ने गरेको छ ।

यो सिमेन्टको आर्थिक वर्ष २०७९–८० को अडिटेड रिपोर्ट अनुसार प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ३६ पैसा रहेको छ । त्यसैलाई आधार मानेर यसको ओपनिङ तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL