Logo

साताको पहिलो दिन सेयर बजारमा हरियाली, २२ अंकले बढेको बजारमा कारोबार भने ३ अर्ब तल

साताको पहिलो दिन सेयर बजारमा हरियाली, २२ अंकले बढेको बजारमा कारोबार भने ३ अर्ब तल



काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हरियाली छाएको छ । पछिल्लो समय तिव्र उत्तारचढाव भईरहेको बजारमा आईतबार परिसुचक २२.१० अंकले बढ्दै २०५२ को विन्दुमा पुगेर रोकिएको हाे।

laxmi

आज कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्सेमा कुल ३ सय ४ कम्पनीका ७० लाख ४३ हजार ४ सय ५७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९२ करोड २७ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ ।

आज १ सय ९४ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ४६ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आईतबार बजारमा कारोबारमा आएका समुहमध्ये जलविद्युत बाहेकका सबै समुहको सेयरमूल्य उकालो लागेको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL