Logo

शुन्य प्रतिशतमा नयाँ सामसङ ग्यालेक्सी स्मार्टफोन किन्ने मौका, एक्सचेञ्च पनि उपलब्ध

शुन्य प्रतिशतमा नयाँ सामसङ ग्यालेक्सी स्मार्टफोन किन्ने मौका, एक्सचेञ्च पनि उपलब्ध



काठमाडौं । स्मार्टफोन प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा अग्रणी रहेको ब्राण्ड सामसङले गत वर्ष नेपालमा इन्स्टा फाइनान्स सेवा ल्याएको थियो ।

laxmi

जसले ग्राहकहरूलाई शुन्य प्रतिशत ब्याज ईएमआईमा नयाँ ग्यालेक्सी स्मार्टफोनहरू प्राप्त गर्न सुविधा दिएको थियो । अब सामसङ नेपालले यो सुविधाको लाभ लिनको लागि आवश्यकता, ग्राहकहरूले मात्र आफ्नो र आफ्नो ग्यारेन्टरको नागरिकता ल्याउनु पर्ने रहेको घोषणा गर्दै यो सेवालाई झन् झन्झटमुक्त बनाएको कम्पनीले जनाएको छ ।

हुन त पहिले पनि इन्स्टा फाइनान्सको प्रक्रिया झन्झट रहित नै थियो । तर, सो प्रक्रियाको लागि अरु पनि थप कागजातहरूको आवश्यकता पथ्र्यो । अब भने ग्राहकहरू आफ्नो र आफ्नो ग्यारेन्टरको दुई–दुई पासपोर्ट साइजको फोटो र नागरिकताहरु बोकी आफ्नो नागरिकता जारी गरेको जिल्लामा रहेको कुनै पनि आधिकारिक सामसङ फाइनान्स स्टोरमा गएरै कुनै पनि २० हजार रुपैयाँ वा बढी मूल्य भएको ग्यालेक्सी स्मार्टफोन शुन्य प्रतिशत ब्याज रहेको ईएमआईमा प्राप्त गर्न सक्ने छन् ।

इन्स्टा फाइनान्सको साथ साथै, ग्राहकहरूले १८ वैशाख २०८१ सम्मको अवधि आफ्नो कुनै पनि पुरानो डिभाइस एक्सचेञ्च गरी एन्हान्स्ड ट्रेड–इन बेनिफिटसद्वारा नयाँ ग्यालेक्सी एस २४ सिरिजका लिन सक्नेछन्। यो अफर अर्कोस्टोर र सबको फोन लगायतका ट्रेड पार्टनरहरूमार्फत उपलब्ध गराइएको छ ।

यस सेवा मार्फत ग्राहकले आफ्नो पुरानो सामसङको एस, एन वा जेड सिरिज वा कुनै पनि एप्पल स्मार्टफोनको मूल्याङ्कनमा थप पाँच हजार रुपैयाँ बोनस पाउनेछन् भने सामसङ ग्यालेक्सी ए वा एम सिरिजका स्मार्टफोनएक्सचेञ्च गर्दा तीन हजार रुपैयाँ बोनस पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL