Logo

सेयर बजारमा वर्षमानको सकारात्मक प्रभाव : नेप्से दोहोरो अंकले बढ्दा ३ अर्ब बढीको कारोबार

सेयर बजारमा वर्षमानको सकारात्मक प्रभाव : नेप्से दोहोरो अंकले बढ्दा ३ अर्ब बढीको कारोबार



काठमाडौं । नवनियुक्त अर्थमन्त्री बर्षमान पुनलाई सेयर बजारले स्वागत गरेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको हो । यसअघि बर्षमान पुनलाई अर्थमन्त्रीमा सेयर बजारले नपत्याउने हल्ला चलाईएपनि बिहीबार भने त्यस्तो देखिएन ।

laxmi

यसदिन नेप्से १३.५१ अंकले बढ्दै २०३० को विन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकम पनि ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बढी पुगेको नेप्सेले जानकारी दिएको छ ।

नेप्सेका अनुसार आज बजारमा कारोबारमा आएका कुल कम्पनीमध्ये १ सय ७६ कमपनीको सेयरमूल्य उकालो लागेको छ भने ५९ कम्पनीको सेयरमूल्यमा मात्रै गिरावट आएको छ । बाँकी ११ कम्पनीको सेयमूल्य स्थिर छ ।

आज होटल तथा पर्यटन, म्युचुअल फण्ड र ट्रेडिङ समुहबाहेकका सबै समुहको परिसुचकहरु उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL