Logo

सीजी ब्रान्डको डिलर मिट सौराहामा सम्पन्न, ७० भन्दा बढी डिलरहरूको उपस्थिति

सीजी ब्रान्डको डिलर मिट सौराहामा सम्पन्न, ७० भन्दा बढी डिलरहरूको उपस्थिति



काठमाडौँ । सीजीले फागुन १४ गते सौराहस्थित होटेल जङ्गल क्राउनमा आफ्नो डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।

laxmi

उक्त कार्यक्रममा सीजीले पोखरा, बुटवल र नारायण घाट एरियासम्मका सम्पूर्ण डिलरहरूलाई निमन्त्रणा गरी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सीजीका भाइस प्रेसिडेन्ट एस.सि.साबु र बि.यु. यच. धर्मेन्द्र जोशीले दिप प्रज्वलन गरी कार्यक्रम प्रारम्भ गरे ।

सो क्रममा सेल्स हेड हरिचन्द्र अर्यालले आकर्षक स्किमको पनि घोषणा गरे । कार्यक्रममा ७० जना भन्दा बढी डिलरहरूको उपस्थिति रहेको थियो । सीजी बाण्डका घरायसी सामाग्रीहरूको प्रदर्शनी गर्नुका साथै आफ्ना सामानहरूको जानकारी एवम् आउँदै गरेको सामानहरूको बारेमा पनि प्रडक्ट प्लानिङ म्यानेजमेन्ट टिमले जानकारी गराएको थियो ।

कार्यक्रममा सि.जी. ब्राण्डले यू.एच.डि.र क्युलेड सेगमेन्टमा नयाँ गुगल टि.भी. पनि लन्च गरेको मार्केटिङ मेनेजर गौरव हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL