Logo

बैद्य इनर्जीले ल्यायो एथर इलेक्ट्रीक, पोखराका लागि डिलर बन्यो अटोवेज प्रालि

बैद्य इनर्जीले ल्यायो एथर इलेक्ट्रीक, पोखराका लागि डिलर बन्यो अटोवेज प्रालि



काठमाडौं । एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालिले पोखराको डिलरको रूपमा एथरलाई पोखरामा भित्र्याएको छ । पोखराको नयाँबजारस्थित अटोवेज विल्डिङमा शोरुम स्थापना गरिएको हो ।

laxmi

बैद्य् अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसँगै काठमाडौं र ललितपुर पछि पोखरामा बिक्रि वितरण यही फागुन १२ बाट सुरु गरेको हो । भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रीक स्कुटरको पछिल्लो समय नेपाली बजारमा माग बढिरहेको छ ।

विशेष गरी, आटोवेज प्रालिले टोयोटाको डिलरको रूपमा पनि बिगत २० वर्षभन्दा अगाडी देखि पोखरामा सेवा दिँदै आएको छ । जुन मुख्य कम्पनीसँग दीर्घकालिन सम्बन्ध देखाउँछ।

पोखरामा पहिलो डिलरसंगै सर्भिस स्टेशन पाउनुको साथै दुई चार्जिङ स्टेशन पहिले नै स्थापित भएका छन्, जुन आटोवेज भवन केन्द्रमा र लेकसाइड केन्द्रमा रहेका छन्। थप दुई चार्जरहरू शीघ्रै लगाइने छन्, जुन पोखरा भर्सनमा आवश्यकता र सुगमताको लागि गरिनेछ ।

‘हामी आटोवेज प्रालिसंग सहकार्य गरि एथर एनर्जीलाई पोखरामा ल्याउन उत्साहित छौं,’ वैद्य एनर्जीका सीईओ सुर्यंस बैद्यले भने ।

एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुनेछ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहने छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन् ।

एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL