Logo

सूचिकृत नभएका कम्पनीहरुले समेत सेयर रजिष्ट्रारको सेवा लिन सक्ने, सार्वजनिक भयो ‘आइडीया टु आइपीओ सेवा’

सूचिकृत नभएका कम्पनीहरुले समेत सेयर रजिष्ट्रारको सेवा लिन सक्ने, सार्वजनिक भयो ‘आइडीया टु आइपीओ सेवा’



काठमाडौं । एनआईसी एशिया क्यापिटलले दोश्रो बजारमा सूचिकृत नभएका पब्लिक कम्पनीलाई पनि सेयर रजिष्ट्रारको सेवा प्रदान गर्ने भएको छ । कम्पनीले नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहितको आइडीया टु आइपीओ सेवा संचालन गरेको हो ।

laxmi

यसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आइडीएसनदेखि कम्पनी स्थापना, स्केलअफ, एक्सपान्सन, ग्रोथ, फर्दर एक्सपान्सन हुँदै आइपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

हाल सम्म कम्पनीको उक्त सेवा अन्तर्गत छोटो समयमा २२ वटा कम्पनीहरुसँग दुई पक्षिय सम्झौता सम्पन्न गरी ५ वटा प्रालि कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गराई आइपीओ निष्काशनको कार्य समेत सम्पन्न गर्न सफल भइसकेका छन् । अन्य बाँकी कम्पनीहरु प्राईभेट प्लेसमेन्ट, आइपीओ रेडिनेस एसेसमेन्ट टेस्टको प्रक्रियामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL