Logo

नेपाल रिकाे २० लाख कित्ता सेयर बिक्री गर्दै आईजीआई, ६० कराेड बढी आम्दानी गर्ने

नेपाल रिकाे २० लाख कित्ता सेयर बिक्री गर्दै आईजीआई, ६० कराेड बढी आम्दानी गर्ने



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनीको सेयर बिक्री गर्ने भएको छ । आइजीआई प्रुडेन्सियलले आफ्नो स्वामित्वमा रहेको २० लाख कित्ता संस्थापक सेयर (फागुन ८ गते) देखि बिक्री खुला गर्ने भएको हो ।

laxmi

यसमा पुनर्बिमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने छ । कम्पनीको सेयरमा न्यूनतम २ सय ८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

यस कम्पनीको सेयरमा चैत १२ गतेसम्म आवेदन दिन मिल्नेछ । आवेदकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL