Logo

नेपाल ल्यूव आयलले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने, साधारणसभाले गर्याे प्रस्ताव पारित

नेपाल ल्यूव आयलले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने, साधारणसभाले गर्याे प्रस्ताव पारित



काठमाडौं । नेपाल ल्यूब आयलको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीद्वारा अघिल्लो वर्षझैँ , यस साधारण सभा मार्फत पनि सेयर धनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

laxmi

हाल देशभरी नै फैलिरहेको आर्थिक मन्दीले सबै ब्यापारिक क्षेत्र अस्थिर र अन्योल अवस्थाबाट गुज्रिरहेको छ । यो स्थितिमा पनि कम्पनीले अघिल्लो वर्षझैँ लाभांश पारित गरेकोमा सेयरधनीहरुले खुल्ला प्रशंसा गरेका छन् ।

त्यस सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य सेयर धनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ७८.४ प्रतिशत सहभागी उपस्थित रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले देश र बजारको हालको अवस्था निकै नै गम्भीर रहेको बताउँदै सबै सरोकारवालाको ध्यान यसैमा केन्द्रित हुन जरुरी रहेको बताए । यस्तै उनले संस्थाको रुपमा कम्पनीले पनि बजारलाई पोजिटिभ तिर मोड्न आफ्नो भूमिका निर्बाह गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL