Logo

नाडाको अध्यक्षमा करण चौधरीलाई नवराज डल्लाकोटीको पनि समर्थन, चुनाव नहुने पक्का

नाडाको अध्यक्षमा करण चौधरीलाई नवराज डल्लाकोटीको पनि समर्थन, चुनाव नहुने पक्का



काठमाडौं । नेपाल अटोमोबाईल एशोसिएसन (नाडा)को अध्यक्षका आकांक्षी करण चौधरीलाई नवराज डल्लाकोटीले पनि समर्थन दिएका छन् । यसअघि आकाश गोल्छा र प्रकाश कपुरीबीच सहमति जुटेपछि त्यही सहमति अनुसार अध्यक्षमा करण र वरिष्ठ उपाध्यक्षमा आकाश हुने तय भएको थियो ।

laxmi

पछिल्लो समयमा सो सहमति विरुद्ध नाडाका पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेपछि फेरि चुनाबी पक्रियामा जानुपर्ने अवस्था सिर्जना भएको थियो । सो घोषणा पछि नाडाको नेतृत्व चयन गर्ने पक्रिया थप जटिल बनेको थियो ।

तर, बिहीबार नाडाको नेतृत्व अहिलेको समयमा चुनाबी पक्रिया भन्दा सहमतिमै चयन हुनुपर्छ भन्ने धारण अनुरुप, नवराज डल्लाकोटीले पनि चौधरीलाई नै अध्यक्षका रुपमा समर्थन गरेका हुन् ।

सो समर्थन पछि करण चौधरी नै नाडाको अध्यक्ष हुने फेरि पक्का भएको छ भने यहि सहमति पछि नाडामा अध्यक्ष पदका लागि चुनाब नहुने पनि पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL