Logo

सिटी एक्सप्रेसको दशैं तिहार योजनाको बम्पर विजेता घोषणा, तामाङले पाए १० गुणा बढी रकम

सिटी एक्सप्रेसको दशैं तिहार योजनाको बम्पर विजेता घोषणा, तामाङले पाए १० गुणा बढी रकम



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजना अन्तर्गत मेगा बम्पर उपहार विजेताको नाम घोषणा गरेको छ । ‘आफुले पठाएको भन्दा १० गुणा बढी पाउने’ बिजेताको नाम हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन सार्वज्निक गरेका हुन् । आईतबार विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदी अरबबाट रेमिटान्स पठाउने राजु तामाङले आफुले पठाएको रकम ५३ हजार ७५ रुपैयाँको १० गुणा ५ लाख ३० हजार ७ सय ५० रुपैयाँ जित्न सफल भएका हुने ।

laxmi

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखी मङ्सिर १५ गते सम्म चल्ने गरी समस्त नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने ‘बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही १ लाख, हरेक हप्ता ५ जनालाई जनही २५ हजार साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही ५ सय रुपैयाँको को वालेट टप् अप् गरिदिएको थियो ।

जसअन्तर्गत ६ हजार १ सय जनाले दैनिक उपहार ५ सय रुपैयाँको वालेट टप अप, ४५ जनाले साप्ताहिक उपहार जनही २५ हजार रुपैयाँ र २ जनाले मासिक उपहार १ लाख रुपैयाँ जित्न सफल भएका थिए ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL