Logo

सेयर बजार सुधारमा बाधक बनेपछि हमाललाई अर्थ मन्त्रालयको स्पष्टिकरण, दोहोरिन अर्थबाट पाएनन् ग्रीन सिग्नल

सेयर बजार सुधारमा बाधक बनेपछि हमाललाई अर्थ मन्त्रालयको स्पष्टिकरण, दोहोरिन अर्थबाट पाएनन् ग्रीन सिग्नल



काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल भ्रष्टारमा लिप्त भएर पुँजी बजार सुधारलाई बेवास्ता गरेपछि अर्थ मन्त्रालयले स्पष्टिकरण सोधेको छ । सेबोनको अध्यक्ष भएपश्चात भ्रष्टाचारको आरोप खेपिरहेका हमाल पछिल्लो समय अर्थ मन्त्रालयले रोखेको पुँजी बजार सुधारसम्बन्धी कार्यक्रममा समेत आउन छाडेपछि पत्र नै काटेर स्पष्टिकरण सोधेको हो ।

laxmi

पछिल्लो समय लगातार रुपमा नेप्से परिसुचक घट्न थालेपछि अर्थ मन्त्रालयले यस विषयमा गम्भिर रुपमा चासो दिएर सम्बन्धित सरोकारावाला निकायसँग छलफल अघि बढाएको थियो । तर पुँजी बजार सुधारको मुख्य नियामक निकाय सेबोनका अध्यक्ष हमालले नै उक्त बैठकलाई बहिस्कार गर्न थालेपछि अर्थ मन्त्रालयले पत्र नै काटेर स्पष्टिकरण सोधेको हो । हमालले आफ्नो स्वार्थमा प्रिमियम मूल्यमा आईपीओ जारीका लागि स्वीकृति दिएर आर्थिक लाभ लिएको भन्दै संसदको सार्वजनिक लेखा समितिले समेत यसअघि स्पष्टिकरण सोधिसकेको छ ।

अर्थ मन्त्रालयले कात्तिक अन्तिम हप्ता मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आयोजना गरेको थियो । उक्त बैठकमा सेबोन अध्यक्ष हमालको अनिवार्य उस्थिती हुनुपर्ने भएपनि उक्त बैठकसमेत हमालले बहिस्कार गरेका थिए । ‘अहिले सेयर बजारको विषयमा सेबोन अध्यक्षलाई जोडेर धेरै टिक्काटिप्पणी आएका छन् भने सोही अनुरुप बजारमा पनि दैनिकजसो गिरावट आएका छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘अहिले पुँजी बजारमा देखिएको समस्या समाधान गर्नकै लागि सेबोन अध्यक्ष हमाललाई बोलाएका थियौं तर उहाँले मन्त्रालयले बोलाएको बैठकहरु नै बहिस्कार गर्दै आउनुभएको छ ।’ अध्यक्ष हमालले पुँजी बजार सुधार सम्बन्धी बैठकहरु नै बाहिस्कार गर्न थालेपछि पत्र नै काटेर स्पष्टिकरण सोध्नुपरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सेबोन अध्यक्ष हमालको बाँकी अबधिको कार्यकाल आगामी पुस २० गते सकिँदैछ । त्यसपछि पनि सोही पदमा निरन्तरता दिनका लागि हमाल लविङमा लागेका छन् । तर हमालले पुँजी बजारको विकासमा काम गर्न नसकेको र उनकै कारणले पछिल्लो समय सरकारले समेत गाली खानु परेको निष्कर्ष सहित अर्थमन्त्री डा. प्रकाशशरण महतले उनलाई आगामी कार्यकालका लागि निरन्तरता नदिने अवस्थामा पुगेपछि अध्यक्ष हमालले अर्थमन्त्रीले बोलाएको बैठक नै बहिस्कार गर्न लागेको समेत सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

साथै हमाल आगामी कार्यकालका लागि अध्यक्षमा दोहोरिनका लागि अर्थमन्त्री डा. महत र प्रधानमन्त्री पुष्पकमल दाहाल दुबै जनाबाट ग्रीन सिग्नल नपाएपछि पछिल्लो समय गठबन्धन सरकारका ठूलो दल अर्थात नेपाली कांग्रेसका सभापति शेरबहादूर देउवालाई रिजाउन लागि परेको समेत उक्त स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL