Logo

सीजी मोटर्सले थप ३ स्थानमा संचालनमा ल्यायो नेटा भीका शोरुम, ५० स्थानमा चार्जिङ स्टेशन जडान गर्दै

सीजी मोटर्सले थप ३ स्थानमा संचालनमा ल्यायो नेटा भीका शोरुम, ५० स्थानमा चार्जिङ स्टेशन जडान गर्दै



सीजी मोटर्सले नेपालका तीन नयाँ स्थानहरुमा नेटा भीको नयाँ शोरुम खोलेको छ। कम्पनीको बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट तथा धनगढिमा ब्रम्हा मोटर्सले डिलरशिप पाएर शोरुम सन्चालनमा ल्याएका हुन् । शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि तीनैवटा स्थानहरुमा सर्भिस स्टेशन पनि छिट्टै नै सन्चालनमा आउने कुरा कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

laxmi

सिजि मोटर्सले बिक्रि गर्ने नेटा भी हाल इभी पारखीहरुमाझ लोकप्रिय रहेको छ । मुख्यतया यसको मूल्य तथा यसले दिने सुविधाहरु तथा ३ सय ८० किमिको रेन्जले गर्दा नेटा भी ग्राहकहरुको पहिलो रोजाइको रुपमा स्थापित भएको छ । १७० मि मि को ग्रोउन्ड किलिरेनश भएको नेटा भि मा ८ बर्ष अथवा १५०००० हजार कि मि को वारेण्टी रहेको छ।

साथै नेपालको सर्वाधिक बिक्री हुने ईभी भ्यान सिजि केवाइसी तथा किङ्लोङ शहज तथा सुलभ किस्तामा पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि काठमाडौंको नक्साल र पोखरा मा आफ्नो शोरुम खोलेर बिक्री बितरण गर्दै आइरहेको छ।

कम्पनीले चाँडैनै बिराटनगर, लाहान, हेटौंडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुर मा बिस्तारित नयाँ शोरुम सहित सर्भिसको सुबिधा उपलब्ध गराउने जानकारी दिएको छ। हाल नेपालभर ५० भन्दा धेरै चार्जिङ सेवा दिदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुबिधा उपलब्ध गराउने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL