Logo

भोलि अत्यावश्यक बाहेकका सवारीसाधन नचलाउनु, चलाउन परे ट्राफिकलाई सम्पर्क गर्नु

भोलि अत्यावश्यक बाहेकका सवारीसाधन नचलाउनु, चलाउन परे ट्राफिकलाई सम्पर्क गर्नु



काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोली बिहीबार अत्यावश्यकबाहेकका सवारीसाधन सडकमा ननिकाल्न आग्रह गरेको छ । बिहीबार नेकपा एमाले निकट युवासंघ र दुर्गा प्रसाईँ नेतृत्वको जुलुस र विरोध र्याली हुने भएपछि ट्राफिक कार्यालयले यस्तो सूचना जारी गरेको हो ।

laxmi

यी दुई समुहको जुलुसका कारण भोली काठमाडौं उपत्यकामा सवारी आवागमनमा असहजता आउने भएकाले यस्तो निर्णय गरिएको ट्राफिक कार्यालयले जानकारी दिएको छ । कार्यालयले सवारीसाधन निकाल्न परे १०० वा १०३ सम्पर्क गरेर मात्रै सडकमा निकाल्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL