Logo

गभर्नर र धितोपत्र बोर्ड अध्यक्षबीच भेटवार्ता, १२ करोडको सेयर कर्जा सीमा बढाउने बारेमा छलफल

गभर्नर र धितोपत्र बोर्ड अध्यक्षबीच भेटवार्ता, १२ करोडको सेयर कर्जा सीमा बढाउने बारेमा छलफल



काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ । सेयर कर्जामा १२ करोडको सीमा हटाउनका लागि अर्थमन्त्रालयले जोड दिइरहेका बेला अधिकारी र हमालबीच यसबारे कुराकानी भएको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।

laxmi

हाल सेयरमा लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिँदा एक व्यक्ति वा संस्थाले बढीमा १२ करोड रुपैयाँसम्म मात्रै पाउने व्यवस्था छ । यो सीमालाई केही फराकिलो बनाउनका लागि सेयर लगानीकर्ता माग गर्दै आइरहेका छन् भने अर्थमन्त्रालय पनि सकारात्मक छ ।

यद्यपि अधिकतम सीमा कति कायम गर्ने, व्यक्तिगत तथा संस्थागतलाई फरक फरक वा एउटै व्यवस्था गर्ने लगायतका विषय टुङ्गिन बाँकी रहेकाले गभर्नर र अध्यक्षबीच यसबारे छलफल भएको हो । हालको पुँजी बजार, भेञ्चर क्यापिटल तथा प्राइभेट इक्वीटी लगायत समसामयिक विषयमा पनि गभर्नर र अध्यक्षबीच छलफल भएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL