Logo

दाहुवा टेक्नोलोजीको ‘डिलर्स मिट २०२३’ सम्पन्न, १२ डिलरलाई सम्मानसहित ५ लाख बराबरको हेल्थ इन्स्योरेन्स प्रदान

दाहुवा टेक्नोलोजीको ‘डिलर्स मिट २०२३’ सम्पन्न, १२ डिलरलाई सम्मानसहित ५ लाख बराबरको हेल्थ इन्स्योरेन्स प्रदान



काठमाडौँ । दाहुवा टेक्नोलोजीले नेपाल अधिराज्यभरका ‘डिलर मिट’ सम्पन्न गरेको छ । चिनियाँ ब्रान्ड दाहुवाले नेपालको आधिकारिक विक्रेता एचएमसी नेपालको आयोजनामा एक कार्यक्रम गर्दै डिलर मिट सम्पन्न गरेको हो ।

laxmi

डिलर मिटका क्रममा वर्षभरि दाहुवा टेक्नोलोजीको सामाग्री धेरै बेच्ने १२ डिलरलाई सम्मान सहित ५ लाख बराबरको हेल्थ इन्स्योरेन्स प्रदान गरिएको छ । कार्यक्रमको प्रमुख अतिथिमा एआईजी किरण बज्राचार्य थिए । यस्तै, दाहुवा टेक्नोलोजीका चिनियाँ डेलिगेट्सहरु समेत उपस्थित थिए ।

आधिकारिक बिक्रेता एचएमसीका सन्तोसकुमार श्रेष्ठले दाहुवा टेक्नोलोजीका कारण नेपालमा असुरक्षाको जोखिम न्यूनीकरण हुँदै गएको बताए । उनले चिनियाँ कम्पनी दाहुवा टेक्नोलोजिबाट उत्पादित सीसी क्यामेराका कारण समाजमा शान्ति र अमनचयन कायम गर्न सहयोगी भूमिका खेलेको बताए ।

यस्तै, एआईजी किरण बज्रचार्यले सीसी क्यामेराका कारण समाजमा सुरक्षा र शान्ति कायम गर्न सहज भएको बताए । उनले देशमा भइरहेका प्रमुख आपराधिक घटनामा सीसी टिभी फुटेजका कारण अनुसन्धान गर्न र उनीहरूलाई नियन्त्रणमा लिन सहज भएको समेत बताए ।

देशभरका डिलरहरू सहभागी ‘डिलर मिट २०२३’मा चीनबाट दाहुवा टेक्नोलोजीका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेम्स युले नेपालमा सीसी क्यामेराको बजार बढ्दो अवस्थामा रहेको बताए । उनले भने, ‘चीन र भारतबीचमा रहेको नेपालमा आर्थिक गतिविधि बढ्दै जाँदा सीसी टिभीको माग समेत बढ्दै गइरहेको छ ।’ कार्यक्रमको व्यवस्थापन रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL