Logo

माइडियाको दशैँ तिहार अफर, वासिङ मेसिन खरिदमा कुकपट उपहार

माइडियाको दशैँ तिहार अफर, वासिङ मेसिन खरिदमा कुकपट उपहार



काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले यस पालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना सार्वजनिक गरेको छ ।

laxmi

कम्पनीले दशैं र तिहारलाई लक्षित गर्दै ‘माइडियाको उत्सव र उमङ्ग, उपहारसँग सबै दङ्ग’ भन्ने नारासहित उक्त अफर सार्वजनिक गरेको हो ।

उक्त अफर अन्तर्गत माइडियाको ६, ७ र ८ केजी १०० सिरिजका वासिङ मेसिनको खरिदमा ६ केजी एरिअल प्याक उपलब्ध हुनेद्ध । यस्तै ८ केजी भन्दामाथिका २०० सिरिजका वासिङ मेसिनको खरिदमा माइडियाको इन्डकसन कुकटप (१६०० वाट), डबल डोर रेफ्रीजिरेटरको खरिदमा आइरन, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रीजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकटप (२००० वाट) साथै माइक्रोवेभ ओभनको खरिदमा कुकिङ्ग किट उपहार रहेको छ । यो ग्राहक योजना भाद्र २८, २०८० देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ । यो चाड पर्व मनाऔँ रमेर माइडियाको साथमा ।

माइडिया ब्राण्ड माइडिया ग्रुप अन्तर्गतको घरेलु उपकरण व्यवसाय भित्रका १० भन्दा बढी ब्राण्डहरु मध्ये एक हो । माइडिया गु्रप एक अग्रणी विश्वव्यापी उच्च–प्रविधि कम्पनी हो, जुन २०२१ को ग्लोबल फर्च्यून ५०० मा २८८ स्थानमा रहन सफल भयो ।

प्रतिक्रिया दिनुहोस्
MBL