काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उत्साह देखिएको छ । मंगलबार सेयर बजार मापक नेप्से सूचक १६.२४ अंकले बढेर १९८५.४३ बिन्दुमा आइपुगेको छ । यसभन्दा अघिल्लो कारोबार दिन सोमबार नेप्से सूचक ४.२६ अंकले बढेर १९६९ बिन्दुमा पुगेको थियो ।
मंगलबार सेयर कारोबार रकम पनि सोमबारको तुलनमा बढेको छ । मंगलबार १ अर्ब १७ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको ४३ लाख ३६ हजार ५ सय ८३ कित्ता सेयर ५० हजार २ सय ९६ पटक किन बेच भएको छ । सोमबार ८७ करोड ४ लाख ४४ हजार रुपैयाँ बराबरकोमात्र कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएको ७ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज कारोबारमा आएको १३ वटा उपसमूह मध्ये ११ उपसमूहको सेयर मूल्य बढेको छ । बाँकी दुई उपसमूहको सेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरैं जलविद्युत कम्पनी समूहको लगानीकर्ता कमाएका छन । यस समूहका लगानीकर्ताको सेयर आज समग्रमा ३.२१ प्रतिशत बढेको छ ।
आज कारोबारमा आएको १ सय ८२ कम्पनीको सेयर मूल्य बढेको छ । ३६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने बाँकी १० कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।
आज सबैभन्दा धेरै रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ । यस कम्पनीको २ लाख २० हजार ५६ कित्ता सेयर १० करोड ६४ लाख ४२ हजार ६ सय ९१.७० रुपैयाँमा किनबेच भएको छ ।