Logo

नाडा अटो शो : सस्तो गाडीमा झुम्मिए अवलोकनकर्ता, ५०० बढी टाटा टियागो इभीको बुकिङ

नाडा अटो शो : सस्तो गाडीमा झुम्मिए अवलोकनकर्ता, ५०० बढी टाटा टियागो इभीको बुकिङ



काठमाडौं । नाडा अटो शो २०२३ मा ५ सय टाटा टियागो इभीको बुकिङ भएको छ । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ६ दिनसम्म चलेको उक्त शोमा ५ सय बढी ईभी बुकिङ भएको जानकारी दिएको हो ।
कम्पनीले नाडा अटो शो मै टाटा टियागो इभी, टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चलगायत सार्वजनिक गरेको थियो ।

laxmi

विशेषतः सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँमै पाईने उक्त गाडीमा धेरैजसो अवलोकनकर्ताहरु झुम्मिएका पनि थिए । यस्तै शो मा नै लन्च गरिएको टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ पनि उल्लेख्य भएको कम्पनीले जानकारी दिएको छ ।

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले नाडा अटो शोमा देखिएको सर्वसाधारणको उत्साहले थप उर्जा दिएका बताए । यस्तै उनले टाटा मोटर्सका गाडीहरुप्रति चासो मात्र नभएर बुकिङ पनि गरिदिँदा नेपाली जनताको चाहअनुसारको गाडीहरु ल्याउन सफल भएको महसुस गरेको बताए ।

उनले भविष्यमा पनि बजारको माग अनुसारको गाडीहरु नेपालमा भित्रयाउने दृढ़ संकल्प लिएका बताएका छन् ।
टाटाका गाडीहरु उत्कृष्ट बिशेषतायुक्त रहेका छन । अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य बिशेषताहरु रहेको कम्पनीले जानकारी दिएको छ ।

जसमा कार्य कुशलता , प्रविधि, विश्वास , चार्जिङ्ग र आरामदायीता रहेका छन । क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरु रहेका छन् ।

यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् ।

त्यसैगरी, टाटाको ‘न्यु फरेभ’ रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरु हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन । नँया युग सुहाँउदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षाहरुको परिपूर्ति गर्दछ । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ ।

प्रतिक्रिया दिनुहोस्
MBL