Logo

सिटिजन लाइफको आइपीओ बाँडफाँट, ६ लाख आवेदक हात खाली

सिटिजन लाइफको आइपीओ बाँडफाँट, ६ लाख आवेदक हात खाली



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सेयर ‘आईपीओ’ बाँडफाँट भएको छ । बिहीबार विक्री प्रबन्धक एनआइएमबी क्यापिटलले आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको छ । आईपीओमा आवेदन दिनेमध्ये ९ लाख जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

laxmi

कम्पनीको आईपीओमा १५ लाख ८४ हजार ५ सय ९७ जनाको आवेदन परेको थियो । जसमा १ लाख ७७ हजार ३६० जनाको आवेदन रद्द भएको छ । आवेदन दिएका योग्य १४ लाख ७ हजार २३७ आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

कम्पनीले भदौ १५ देखि १९ गतेसम्म अंकित मूल्यमा १ सय ४४ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २ सय ४४ रुपैयाँका दरले सेयर निश्काषन गरेको थियो । आईपीओको नतिजा बिक्री प्रबन्धक एनआइएमबी क्यापिटलको वेबसाइट, सिटिजन लाइफको वेबसाइट, मेरो सेयर र सीडीएससीले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL