Logo

आइएमई पे को नयाँ अफर, पहिलोपटक एयरलाइन्स टिकट काट्दा ५०० क्याशब्याक

आइएमई पे को नयाँ अफर, पहिलोपटक एयरलाइन्स टिकट काट्दा ५०० क्याशब्याक



काठमाडौं । डिजिटल वालेट आइएमई पे ले एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा ५ सय रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

laxmi

यस अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी ५ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिनेछ।

सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी माध्यममार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ ल्याइएको यो अफर भाद्र २४ देखि सुरु भएको छ ।

यस्तै यो अफरमार्फतको क्यासब्याक भने पहिलो १ हजार योग्य सेवाग्राहीलाई प्रदान गरिने कम्पनीले जानकारी दिएको छ। यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्ने सेवाग्राहीहरूलाई सिमित अबधिको लागि मात्र हो।

प्रतिक्रिया दिनुहोस्
MBL