Logo

आइएमई पे र कान्तिपुर सिनेमाजबीच सम्झौता, अब अनलाइन भुक्तानी गरी ओटीटीमा सिनेमा हेर्न मिल्ने

आइएमई पे र कान्तिपुर सिनेमाजबीच सम्झौता, अब अनलाइन भुक्तानी गरी ओटीटीमा सिनेमा हेर्न मिल्ने



काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ र कान्तिपुर सिनेमाबीच सम्झौता भएको छ । दुई कम्पनीबीच एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता भएको हो । उक्त सम्झौताअन्तर्गत कान्तिपुर सिनेमाजको एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका रुपमा हुने बताईएको छ ।

laxmi

कान्तिपुर सिनेमाज एक ओटीटी प्लेटफर्म हो, जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृंखलाहरुलाई स्ट्रीमिङ सेवा प्रदान गरिन्छ । आइएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपानेले भदौ ५ गते सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास(लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL