Logo

आइएमई पे द्वारा ‘टु विन’ नामक अफर सार्वजनिक, विजेताले डिसहोमको निशुल्क सब्सक्रिप्सनको सुबिधा पाउने

आइएमई पे द्वारा ‘टु विन’ नामक अफर सार्वजनिक, विजेताले डिसहोमको निशुल्क सब्सक्रिप्सनको सुबिधा पाउने



काठमाडौं । आइएमई पे ले ‘टु विन’ नामको अफर सार्वजनिक गरेको छ । कम्पनीले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसियाली मनाउँदै उक्त अफर सार्वजनिक गरेको हो ।

laxmi

कम्पनीको उक्त अफर अन्तर्गत एक जना भाग्यशाली बिजेताले डिसहोम फाइबर नेटको निशुल्क सब्सक्रिप्सनको सुबिधा एक वर्षसम्म पाउने छन् । यो अफर भदौ ८ गतेदेखी भदौ १२ गतेसम्म चल्ने छ । सेवाग्राहीले आइएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा ‘एसियन कप’ प्रोमो कोडको प्रयोग गरी १ सय ५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

यो अफरले क्रिकेट प्रेमी दर्शकको उत्साहलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएको आइएमई पे का सीइओ प्रवीण रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL