Logo

रोकिएन नेप्से ओरालो लाग्ने क्रम, सोमबार ११ अंकले घट्यो

रोकिएन नेप्से ओरालो लाग्ने क्रम, सोमबार ११ अंकले घट्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

७ पुस, काठमाडौं । सोमबार पनि नेप्से परिसुचक ११ दशमलव १७ अंकले घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक ८ सय ८५ दशमलव ४४ अंकमा आएर अडिएको छ ।

सोमबार बजारमा सवैभन्दा बढी होटल समुहको परिसुचक ओरालो लागेको छ । उक्त समुहको परिसुचक ५२ दशमलव १२ अंकले घटेको छ भने बीमा समुहको परिसुचक २१ दशमलव ७३ अंकले घटेको छ । सेयर बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि १३ दशमलव ९५ अंकले घटेको छ ।

बैंकिङ समुहको परिसुचक उच्च रुपमा ओरालो लागेपछि समग्र नेप्से परिसुचक पनि ओरालो लागेको हो । सोमबार सवै समुहका परिसुचक ओरालो लागेको छ ।

सोमबार बजारमा कोरोवार रकम पनि बढ्न सकेन । दिनभर कुल १४ करोड ७२ लाख रुपैयाँको २ लाख ७३ हजार कित्ता सेयर मात्र कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL