Logo

चौधरी ग्रुपअन्तर्गत एलिका ब्राण्डको टेकुमा पहिलो शोरुम, ओपनिङमा विशेष छुट

चौधरी ग्रुपअन्तर्गत एलिका ब्राण्डको टेकुमा पहिलो शोरुम, ओपनिङमा विशेष छुट



काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलिका ब्राण्डको पहिलो एक्सक्लुसिभ ब्राण्डसप काठमाडौंको टेकुमा संचालनमा आएको छ । उक्त शोरुम एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेसका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक प्रल्हाद भुताड र सिजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससि साबुको उपस्थितिमा बुधबार उद्घाटन भएको हो ।

laxmi

एलिका ब्राण्डसपमा एलिका ब्रान्डको चिम्नी, बिल्टइन ओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ रेन्ज, हब्स र कुक टप्स लगायत अन्य विभिन्न घरायसी विधुतीय सामाग्रीहरु रहेका छन् ।

कम्पनीका अनुसार भुई तल्लाको ११०० वर्ग फिट एरियामा बनेको यस एलिका ब्राण्डसप टेकुको मुख्य व्यापारिक केन्द्रमा पर्दछ जहाँ निःशुल्क पार्किङ्गको पनि व्यवस्था रहेको छ ।

काठमाडौंको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्य सहित यो शोरुम संचालन गरिएको छ । दक्ष्य तथा अनुभवी बिक्री प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी पनि लिन सकिने छ ।

यो शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका साढे ७ बजेसम्म खुल्ला रहने छ । टेकुमा खोलिएको यस एलिका ब्रान्डसपमा ओपेनिङ्गको विशेष छुट, शुन्य प्रतिशत सरल किस्ताबन्दी, निःशुल्क जडानका साथसाथै प्रोडक्ट लाइभ डेमो र प्रिभेनटिभ मेन्टीनेस सर्भिसको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

साथै, ग्राहकको आवश्यक्ता अनुसार निःशुल्क साइट भिजिटको पनि व्यवस्था छ । यो सँगै टेकुमा खोलिएको यस एलिका ब्रान्डसप अब सिजी इलेक्ट्रोनिक्सको रिटेल चेन शोरुम अन्तर्गत २४ औं शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा बिस्तार गरिने पनि कम्पनीले जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL