Logo

कसले ल्यायो १ क्विन्टल सुन ? दिपक मलहोत्रा भन्छन्–मलाई बदनाम गर्न खोजियो, पत्रकार सम्मेलन गरेर वास्तविकता भन्दैछु

कसले ल्यायो १ क्विन्टल सुन ? दिपक मलहोत्रा भन्छन्–मलाई बदनाम गर्न खोजियो, पत्रकार सम्मेलन गरेर वास्तविकता भन्दैछु



काठमाडौं । बुधबार त्रिभुवन विमानस्थलबाट राजस्व अनुसन्धान विभागले गैरकानूनी रुपमा नेपाल भित्रिएको १ क्विन्टल सुन बरामद भएसँगै यसले राष्ट्रिय राजनीतिमै हलचल ल्याएको छ । उक्त सुन आयातको मुख्य व्यक्ति व्यवसायी दिपक मलहोत्रा भएको भन्दै पत्रपत्रिकामा समाचार प्रकाशित भएसँगै सामाजिक संजालमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै जोडिएको व्यवसायी दिपक मलहोत्राको फोटो भइरल भएको छ ।

laxmi

हाल राजस्व अनुसन्धान विभागले उक्त सुन तस्करमा संलग्न रहेको आशंकामा एक भारतीय नागरिक सहित ६ जनालाई पक्राउ गरिसकेको छ भने मुख्य नाईकेको विषयमा थप अनुसन्धान भैरहेको जानकारी दिएको छ । तर पत्रपत्रिका र सामाजिक संजालमा आफलाई आरोप लगाएर समाचार प्रकाशित भएसँगै दिपक मलहोत्राले सोको विरुद्धमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएका छन् । ‘अहिले जसरी मेरा विषयमा समाचार आईरहेका छन् यो झुटको पनि पराकाष्टा हो यसबाट मलाई अनावश्यक रुपमा बदनाम गर्न खोजियो,’ बिजखबरसँगको कुराकानीमा उनले भने, ‘यदि कुनै अपराधिक क्रियाकलापमा मेरो संलग्नता भएमा जस्तोसुकै कारबाही भोग्न तयार छु तर मेरो संलग्नता नै नभएको र मलाई थाहै नभएको विषयमा जुन खालको समाचार प्रकाशित गरिएको छ यसको विरोधमा पत्रकार सम्मेलन गर्दैछु ।’

साथै सोको विषयमा दिउसो १ बजे रोयल सिंगी होलटलमा पत्रकार सम्मेलन आयोजना गरिएको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL