Logo

काठमाडौं महानगपालिकाले तोक्यो पार्किङ शुल्क, कुन सवारीसाधनलाई कति ?

काठमाडौं महानगपालिकाले तोक्यो पार्किङ शुल्क, कुन सवारीसाधनलाई कति ?



काठमाडों । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रको सवारी पार्किङ शुल्क तोकेको छ । सोमबार एक कार्यक्रममार्फत महानगरपालिकाी उप प्रमुख सुनिता डंगोलले नयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिएकी हुन् । उनका अनुसार अब दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क लाग्ने छ ।

laxmi

यस्तै काठमाडौं महानगरपालिकाभित्र दुई पाङग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क १५ रुपैयाँ मात्रै तिर्नुपर्नेछ। एक घण्टाको २५ रुपैयाँ र एक घण्टाभन्दा बढी थप हुँदै जाँदा हरेक १५ मिनेटमा ५र५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको उपप्रमुख डंगोलले जानकारी दिईन् ।

चार पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्नेछ भने एक घण्टाका लागि ७५ रुपैयाँ तिनुपर्नेछ। त्योभन्दा बढी समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने छ।

प्रतिक्रिया दिनुहोस्
MBL