Logo

सिटी एक्सप्रेसको १७ औं बार्षिकोत्सव, ब्राण्ड एम्बासडरमा जितु नेपाल नियुक्त

सिटी एक्सप्रेसको १७ औं बार्षिकोत्सव, ब्राण्ड एम्बासडरमा जितु नेपाल नियुक्त



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १७ औ बार्षिकोत्सव मनाएको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजना गर्दै बुधबार उक्त बार्षिकोत्सव मनाएको हो ।

laxmi

उक्त अवसरमा कम्पनीले आफ्नो ब्राण्ड एम्बासडरमा हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ । जीतु नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने बताईएको छ । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्य कलाकार जितु नेपालले हिजो राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तै कम्पनीले १७ औं बार्षिकोत्सवकै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना पनि गरेको छ ।

कम्पनीले कमलादीस्थित आफ्नै मुख्य कार्यालयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL