Logo

यो बर्षको नाडा अटो शो भदौ २६ देखि, शुक्रबारदेखि स्टल बुकिङ

यो बर्षको नाडा अटो शो भदौ २६ देखि, शुक्रबारदेखि स्टल बुकिङ



काठमाडौं । यो बर्षको नाडा अटो शो २०२३ आगामी भदौ २६ गते देखि ३१ गतेसम्म चल्ने भएको छ । नेपाल अटोमोबाईल एसोसीएसन (नाडा)ले काठमाडौंको भृकुटीमण्डमा यो बर्षको उक्त शो आयोजना गर्ने बताएको हो ।

laxmi

नाडाले उक्त शो का लागि बुकिङ समेत शुक्रबारदेखि खुल्ला हुने जानकारी दिएको छ । नाडाको आयोजनामा हरेक बर्षको दशैँ अगाडी आयोजना हुँदै आएको नाडा अटो शो कोभिडको महामारीका कारण २०२० र २०२१ मा पनि आयोजना हुन सकेको थिएन । यस्तै गत बर्ष पनि सरकराले केही सवारी साधनहरुको आयातमाथी लगाएको प्रतिवन्धका कारण आयोजना गर्न सकेको थिएन । यस्तो विपरित स्थितिमा नाडाले गतबर्ष भृकुटीमण्डपमा नाडा इभि एक्सपो २०२२ सम्पन गरेको थियो ।

आउँदो नाडा अटो शो २०२३ मा विद्युतिय लगायतका चार पाँगे्र, तीन पाँग्रे तथा दुई पाँगे्र सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पाटर्स, टायरटयूव, व्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु समेत राखिने नाडाले जानकारी दिएको छ ।
त्यसैगरी उक्त प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक शुरक्षा र वातावरणसंग सम्बन्धित संघ संस्थाहरु समेतको सहभागिता रहने छ । झण्डै चार बर्षपछी हुन लागेका प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिव २० अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा समेत राखिएको नाडाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL