Logo

आइएमई पेमा नयाँ अफर : मिस्ड कल गर्दा ३०० पाउने मौका

आइएमई पेमा नयाँ अफर : मिस्ड कल गर्दा ३०० पाउने मौका



काठमाडौं । आइएमई पे ले आफ्ना ग्राहकलाई आकर्षक क्यासब्याकको सुविधासहितको नयाँ अफर सार्वजनिक गरेको छ । असार २२ गते शुक्रबार साँझ ६ बजे सम्म ०१–५९७०७६ नम्बरमा मिसकल दिने ग्राहकवर्गले ३ सय रुपैयाँसम्म कयासब्याक प्राप्त गर्न सक्नेछन् ।

laxmi

सो नम्बरमा ग्राहकवर्गले एक पटक मिसकल दिना साथ क्यासब्याकका लागि योग्य हुने छन् । जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले ३ सय रुपैयाँसम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

उक्त प्राप्त क्यासब्याक शुक्रबार साँझ एसएमएस मार्फत ग्राहकवर्गलाई सुचित गराईनेछ भने क्यासब्याकको प्रयोग ग्राहकवर्गले असार २३ शनिबार गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL