Logo

नेपाली बजारमा पल्सरका दुई नयाँ मोटरसाइकल सार्वजनिक, यस्ता छन् विशेषता

नेपाली बजारमा पल्सरका दुई नयाँ मोटरसाइकल सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । नेपाली बजारमा बजाजका नयाँ मोटरसाईकल सार्वजनिक भएका छन् । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक गरेको हो । यी दुवै अत्याधुनिक मोडलहरूले नेपाली राइडरहरूको बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने कम्पनील जानकरी दिएको छ ।

laxmi

गोल्छा ग्र्रुपका निर्देशक अभिमन्यु गोल्छाले उक्त दुई नयाँ बाइकहरु नेपाली बजारमा ल्याउन उत्साहित भएको बताए । उनले नयाँँ नयाँँ बिशेषता सहितको अत्याधुनिक बाइकहरु ल्याएर राइडरहरुको राइडिङ अनुभवलाई निरन्तर परिष्कृत गर्दै लैजाने आफ्नो प्रतिवद्धता रहनेसमेत बताएका छन् ।

कम्पनीले सार्वजनिक गरेको नयाँ पल्सर एनएस २०० राइडरको जोशलाई जगाउन डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ ।

बाइकमा १९९.५ सीसीको लिक्विड कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको अत्याधुनिक बीएसभीआई इन्जिन रहेको छ । मोटरसाइकलले ९७५० आरपिएममा २४.५ पिएसको पावर आउटपुट र ८००० आरपिएममा १८.७४ एनएमको टर्क प्रदान गर्दै यो पावरहाउसले रोमाञ्चक एस्क्सिलरेसन र उत्साहजनक पर्फर्मेन्स प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।
यस्तै उक्त मोटरसाइकलले आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमतालाई एकसाथ ल्याएको कम्पनीले बताएको छ ।

यस्तै अर्काे मोटरसाइकल एनएस १६० मा भने १६०.३ सीसीको आयल कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको बीएसभीआई इन्जिन रहेको छ । ९००० आरएमपीमा १७ पिएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्दै यो पावर हाउसले रोमाञ्चक गती र प्रतिक्रियाशील कार्यसम्पादन दिन्छ । आकर्षक डिजाइन र स्टाइलिस फिचर्सका साथ यो बाईकले सबैको ध्यान आकर्षित गर्ने कम्पनीले जानकारी दिएको छ ।

राम्रो नियन्त्रण र सुरक्षालाई मध्यनजर गर्दै डिजाइन गरिएका यि दुबै मोटरसाइकलमा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडि २३० एमएमको डिस्क ब्रेक प्रदान गरिएको छ ।

यि दुबैमा ३३ एमएम अपसाइड डाउन फ्रन्ट सस्पेन्सन र क्यानिस्टर सहितको रियर नाइट्रोक्स मोनो शक सस्पेन्सनको संयोजनमा राईडरले कुनै पनि सडकमा सजिलैसँग चलाउन सक्नेछन् र सहज अनि आरामदायी सवारीको मजा लिन सक्नेछन् ।
कम्पनीका अनुसार पल्सर एनएस २०० र एनएस १६० अहिले नेपाली बजारमा क्रमशः ४ लाख २४ हजार ९ सय ३ लाख ८४ हजार ९ सय रुपैयाँ मूल्इ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL