Logo

आइएमई पेको ‘क्यासब्याकको बर्षा अफर, पानी र बिजुलीको शुल्क तिर्दा १० प्रतिशतसम्म छुट

आइएमई पेको ‘क्यासब्याकको बर्षा अफर, पानी र बिजुलीको शुल्क तिर्दा १० प्रतिशतसम्म छुट



काठमाडौं । आइएमई पेले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार १७ देखि असार २३ सम्म एक हप्ताका लागि चल्ने छ। यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत पानीको बिल भुक्तानी गर्दा १ सय रुपैयाँसम्म १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । एक हप्तामा ग्राहकले सो क्यासब्याक पटक(पटक प्रयोग गर्न पाउने छन् ।

laxmi

साथै ग्राहकवर्गले बिजुलीको बिल आइएमई पे मार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा छुट दिने भएको छ । सो क्यासब्याक एवम् छुट ग्राहकवर्गलाई आफ्नो घरायसी बिलहरु विद्युतीय मध्यम मार्फत तिर्न प्रोत्साहन गर्ने उदेश्यका साथ प्रदान गरिएको हो ।

‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो ।

प्रतिक्रिया दिनुहोस्
MBL