Logo

Global_Ime

इसेवा मनी ट्रान्स्फरद्वारा घर हस्तान्तरण, पूर्णबहादुर श्रेष्ठले पाए घर उपहार

इसेवा मनी ट्रान्स्फरद्वारा घर हस्तान्तरण, पूर्णबहादुर श्रेष्ठले पाए घर उपहार



काठमाडौं। ईसेवा मनी ट्रान्स्फरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ।

Laxmi_sunrise
KBL

ईसेवा मनी ट्रान्स्फरले जेठ १२ मा आफ्नो आधिकारिक फेसबुक र टिकटक पेज बाट प्रत्यक्ष डिजिटल गोलाप्रथा मार्फत मेरो डिजिटल देश अभियानको विजेता घोषणा गरेको थियो ।

जसमा ८ वर्षदेखि युएईमा ड्राइभरको रुपमा काम गर्दै आएका पूर्णबहादुर श्रेष्ठ बम्पर पुरस्कारको भाग्यशाली विजेता बन्न सफल भएका हुन ।

ईसेवा मनी ट्रान्स्फरका निर्देशक डेनियल डी श्रेष्ठले हस्तान्तरण कार्यक्रममा विजेता श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। कार्यक्रममा उनले भने ‘नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट ग्रुप अन्तरगतको कम्पनी इसेवा मनि ट्रान्स्फरले रेमिट्यान्स्लाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको छ ।

आगामी दिनमा पनि कम्पनी, डिजिटल रेमिट्यान्सलाई प्रभावशाली बनाउनका निम्ति निरन्तर लागि रहनेछ भन्ने विश्वास उनले दिएका छन्। ईसेवा मनि ट्रान्स्फरले बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो ।

डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तल्लाको घर दिने घोषणा गरेको थियो ।

गत असोज ७ गते देखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । ‘मेरो डिजिटल देश’ अभियान अन्तरगत हरेक महिना सेवाग्राहीको घर सम्म पुगी आकर्षक उपहार समेत प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL