Logo

नेप्सेमा १७ अंकको गिरावट, कारोबार रकम २ अर्ब ६३ करोड, २ कम्पनीको सेयरमूल्यमा सर्किट

नेप्सेमा १७ अंकको गिरावट, कारोबार रकम २ अर्ब ६३ करोड, २ कम्पनीको सेयरमूल्यमा सर्किट



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि केहि उकालो लागेको नेप्से अन्तिममा भने १७.३८ अंकले घट्दै १९ सय ४१ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

आईतबार दिनभर उत्तारचढाव भईरहेको बजारमा २ सय ७० कम्पनीका ७० लाख ५० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकमम भने २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार रुपैयाँ माथि पुगेको छ । आज कारोबार भएकामध्ये १ सय ७४ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ४४ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । त्यसमध्ये युनियन लाईफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको भएको छ । कम्पनीको आज दिनभर २१ करोड बढीको कारोबार हुँदा नेपाल टेलिकमको ९ करोड बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL