Logo

Global_Ime

हमालको ‘बोल्ड डिसिजन’ले विस्तार हुँदै सेयर बजार, डेढ दशकपछि ब्रोकर सिण्डिकेट तोडियो

हमालको ‘बोल्ड डिसिजन’ले विस्तार हुँदै सेयर बजार, डेढ दशकपछि ब्रोकर सिण्डिकेट तोडियो



काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएसँगै उनले धितोपत्र दलाल सम्बन्धी निर्देशिका परिमार्जन गर्दै नयाँ ब्रोकर लाईसेन्स वितरण प्रक्रियालाई अघि बढाए । त्यसमा धेरै विरोध भयो । तर उनलाई नयाँ ब्रोकर र नयाँ स्टक एक्स्चेञ्ज संचालनमा ल्याउनका लागि तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले दरो साथ दिएका थिए । हमालले अघि बढाएको नयाँ धितोपत्र दलालको लाईसेन्स रोक्न विचौलियाहरु सर्वोच्च अदालतदेखि विभिन्न पावर सेन्टरसम्म धाउँदासमेत हमालले त्यसमा नडगमगाई अन्ततः १३ वर्षपछि नयाँ सेयर ब्रोकर लाईसेन्स वितरण गरेरै छाडे ।

laxmi bank orange saving
NABIL

निर्देशिका परिमार्जन गरेर नयाँ ब्रोकर लाईसेन्सको आवेदन माग गरेसँगै सर्वोच्च अदालतमा सोको विरुद्धमा रिट दर्ता हुँदा झण्डै १ बर्ष उक्त प्रक्रिया लम्बिन पुग्यो । तर केही समयअघि मात्रै ३ पटक गरेर ४३ ओटा ब्रोकर कम्पनीलाई एलओआई दिएकोमा सोमबार ७ ओटा कम्पनीलाई कार्य अनुमति दिईसकेका छन् । अध्यक्ष हमालले एलओआई पाएका कम्पनीलाई पूर्वाधार तयार गरेको अवस्थामा एक महिनाभित्रै लाईसेन्स दिने बताएका थिए । सोही अनुरुप सीमित कार्य गर्ने अन्तरगत विभिन्न ७ कम्पनीले लाईसेन्स पाएका छन् ।

हाल बोर्डले स्टक डिलर, फुल फ्लेज र सीमित कार्य गरी ३ तहकको ब्रोकर लाईसेन्स वितरण गर्दैछ । बैंक र निजी गरी सबै क्षेत्रको लाईसेन्स जारी भएपश्चात नेपालको पुँजी बजार नयाँ युगमा प्रवेश गर्ने अध्यक्ष हमाल बताउँछन् । ‘हामीले ५० ओटा पुराना ब्रोकरलाई पनि सहज रुपमा शाखा विस्तार अनुमति दिएका छौं भने सोही अनुरुप नयाँ पनि थप गरेका छौं,’ उनले भने, ‘हामीले चाहेको पुँजी बजार सम्बन्धी सेवाको विस्तार र स्तर बढोस भन्ने नै हो ।’ साथै अबका दिनमा सेवाप्रदायकबीच बजामार नयाँ प्रविधि भित्र्याएर ग्राहकलाई आकर्षित गर्न प्रतिस्पर्धा भई सेवाग्राहीलाई सर्वसुलभ मुल्यमा विश्वस्तरीय सेवा प्रदान हुने समेत उनको विश्वास छ ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको साथ र अध्यक्ष हमालको अडानकै कारण बैंकले समेत ब्रोकर लाईसेन्स पाउँदै छ भने १ अर्ब ५० करोड पुँजी भएको नविल स्टक डिलर संचालनमा आउँदै छ । बैंकलाई ब्रोकर लाईसेन्स दिन हुँदै भन्ने दबाब आईरहँदा १४ ओटा वाणिज्य बैंकले समेत ब्रोकर कम्पनी संचालन गर्नका लागि एलओआई पाएका छन् । उक्त कम्पनीहरु संचालनमा आएसँगै ब्रोकर सम्बन्धी सेवा ७७ ओटै जिल्लामा पुग्नुका साथै गाउँका हरेक लगानीकर्ताले सहज रुपमा सेवा लिन सक्ने उनको तर्क छ । बैंकको हरेक जिल्लामा शाखा रहेको र सोही अनुरुप जिल्ला जिल्लामा सेवा पुर्याउन बैंकलाई समेत लाईसेन्स दिइएको हमालले जानकारी दिए ।

हमालले नयाँ स्टक एक्स्चेञ्ज र कमोडिटी एक्स्जेञ्जको समेत लाईसेन्स वितरण प्रक्रिया अघि बढाएका थिए । तर मन्त्रीपरिषद्ले तत्कालका लागि नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स वितरणलाई रोक लगाएको छ । ‘नयाँ आएका ब्रोकरसँग प्रयाप्त पुँजी छ उनीहरुले सोही अनुरुप बजारमा नयाँ नयाँ टुल्स नयाँ प्रविधिहरु भित्र्याउन सक्छन्,’ हमालले भने, ‘नयाँ र पुराना दुवै ब्रोकरले शाखा विस्तार गर्नुका साथै बैंकले पनि आफ्नो प्लेटफर्म प्रयोग गरेर जिल्ला जिल्लामा शाखा विस्तार गर्दा नेपालको पुँजी बजार नयाँ युगमा प्रवेश गर्नेछ ।’

यसैगरी नयाँ ब्रोकरले लाईसेन्स पाएपछि नेपालको पुँजी बजारको विकासमा कोशेढुंगा सावित हुने सोमबारमात्रै लाईसेन्स पाएका हिमालयन ब्रोकेजका अध्यक्ष एवं नयाँ स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल बताउँछन् । ‘कोभिडभन्दा अघि नेपालमा डिम्याट खाता संख्या ३ लाख मात्रै थियो तर अहिले बढेर ५६ लाख पुगिसकेको छ,’ उनले भने, ‘तर अहिले पनि ती लगानीकर्ताहरुलाई ५० ओटा मात्रै ब्रोकरले सेवा दिईरहेको थिए जसका कारण लगानीकर्ताले गुणस्तरीय सेवा पाउन सकेका थिएनन् ।’ नयाँ ब्रोकर संचालनमा आएसँगै सेयर लगानीकर्ताहरुले सहज रुपमा सर्वसुलभ र गुणस्तरीय सेवा पाउने उनको तर्क छ ।

नयाँ खुलेका ब्रोकरको चुक्ता पुँजी न्यूनतम २० करोडदेखि १ अर्ब ५० करोड रुपैयाँसम्म भएकाले बजारमा नयाँ नयाँ प्रविधि भित्र्याउन सकिने उनको तर्क छ । ‘अहिले नेपालको पुँजी बजार भनेको दोस्रो बजारमा लिस्टिङ भएको सेयर खरिदविक्री मात्रै हो,’ उनले भने, ‘विश्व बजारमा धेरै नयाँ प्रविधि र प्रडक्टहरु कार्यान्यनमा आईसकेका छन् अब नयाँ लाईसेन्स पाएका ब्रोकरहरुले ती प्रविधिलाई नेपालमा भित्र्याउने छन् ।’

अहिले भएका ब्रोकरसँग कम पुँजी र क्षमता नभएका कारण लगानीकर्तालाई मार्जिन लेण्डिङजस्ता सुविधाहरु दिन नसक्दा बजारमा समस्या आएको समेत उनको तर्क छ । ‘ब्रोकर तथा मर्चेन्ट बैंकरलाई मार्जिन लेण्डिङ गर्न पाउने सुविधा छ तर क्षमता नहुँदा कार्यान्यन सकिएको छैन,’ उनले भने, ‘अबका दिनमा नयाँ ब्रोकरले मार्जिन लेण्डिङ सम्बन्धी सुविधा कार्यान्यनमा ल्याउने छ भने राष्ट्र बैंकले दिने सेयर धितो कर्जाको मुख ताकिरहन पर्ने बाध्यता समेत हट्ने छ ।’ साथै अबका दिनमा बण्ड मार्केछ, इन्ट्रा डे ट्रेटिङ र सर्ट सेलिङजस्ता टुल्सहरु समेत कार्यान्यनमा ल्याउन सकिने ढकाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
Everest
citizens_bank
ntc