Logo

हिम रिभर पावरले २६ करोड ६० लाखको आईपीओ ल्याउने, बिक्रि प्रबन्ध सिद्धार्थ क्यापिटल

हिम रिभर पावरले २६ करोड ६० लाखको आईपीओ ल्याउने, बिक्रि प्रबन्ध सिद्धार्थ क्यापिटल



काठमाडौं । हिम रिभर पावर लिमिटेडले २६ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ ल्याउने भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ मा १६.२६ मेगावाटको आयोजना निर्माण गरिरहेको कम्पनीले २६ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

आइपीओ जारी गर्नका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्ध नियुक्त गरेको छ । लिपिङ खोलामा निर्माण भैरहेको आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ । कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुने १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि जारी गर्नेछ । बाँकी रहेको १३ करोड ३० लाख मूल्य बराबरको आईपीओ भने आम सर्वसाधारणका लागि निष्काशन हुनेछ ।

सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा सिद्धार्थ क्यापिटलसँग बैशाख ३ गते सम्झौता गरेको कम्पनीले सुख्खा याममा पनि अधिकतम विद्युत उत्पादन हुने हुनाले आयोजनाका लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गर्ने जानकारी दिएको ।

प्रतिक्रिया दिनुहोस्
MBL