Logo

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी प्रबलजंग पाण्डेलाई ९ मतले हराउँदै कोषध्यक्षमा विजयी भएका हुन्

laxmi

कोषाध्यक्ष निर्वाचनमा कुल खसेको ६८ मतमध्ये केसीले ३८ मत पाउँदा उनका प्रतिस्पर्धी पाण्डेले २९ मत मात्रै पाएका थिए । कोषाध्यक्षमा खसेको मध्ये १ मत बदर भएको थियो ।

कोषाध्यक्ष निर्वाचनमा केसीलाई अध्यक्ष चन्द्रप्रसाद ढकाल, भर्खरै सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठ समुह र वरिष्ठका अर्का प्रत्याशी रामचन्द्र संघईँ समुहबाट जिल्ला नगर उपाध्यक्षमा निर्वाचित सुरकृष्ण वैद्यले समर्थन गरेका थिए ।
यसैगरी पाण्डेको पक्षमा वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र पूर्व अध्यक्ष भवानी राणा खुलेरै लागेका थिए । महासंघको विधानत निर्वाचित कार्यसमितिले कोषाध्यक्ष चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL