Logo

महासंघ कार्यसमिति सदस्यमा मनोनित भए डिवी वस्नेत, कृषि उद्यम केन्द्रको जिम्मेवारी सम्हाल्ने

महासंघ कार्यसमिति सदस्यमा मनोनित भए डिवी वस्नेत, कृषि उद्यम केन्द्रको जिम्मेवारी सम्हाल्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा डिवी वस्नेत मनोनित भएका छन् । महासंघको ५७ औं वार्षिक साधारणसभा पश्चात नयाँ कार्यसमितिको आज वसेको पहिलो वैठकले वस्नेतलाई कार्यसमिति सदस्यमा मनोनित गरेको हो ।

laxmi

महासंघमा लामो अनुभव भएको सालिन स्वभावका वस्नेतलाई अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रस्तावमा मनोनित गरिएको हो । यस अघि महासंघको साना तथा मझौला उद्योग समितिका सभापति समेत रहेका वस्नेतलाई कृषि उद्यम केन्द्रको सभापतिको जिम्मेवारी दिनेगरी कार्यसमिति सदस्यमा मनोनित गरिएको महासंघ सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

महासंघमा जिल्ला नगरलाई चलमान बनाउन बढी बजेट परिचालन गर्ने समितिको रुपमा कृषि उद्यम केन्द्र रहँदै आएको छ । उक्त समितिमा नेपाल सरकारका साथै विभिन्न दातृ निकायले समेत बजेट दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL