Logo

महासंघको दुई महत्वपूर्ण समितिमा सभापति चयन, एईसी वस्नेतले पाउँदा राजस्वको जिम्मा पौडेललाई

महासंघको दुई महत्वपूर्ण समितिमा सभापति चयन, एईसी वस्नेतले पाउँदा राजस्वको जिम्मा पौडेललाई



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको दुई महत्वपूर्ण समितिमा सभापति चयन भएको छ । महासंघको निर्वाचत पश्चात अर्को महत्वपूर्ण मानिने सभापति चयनमा कृषि उद्यम केन्द्र र कर तथा राजस्व समितिको सभापति चयन गरिएको महासंघ स्रोतले जानकारी दिएको छ ।

laxmi

महासंघका अनुसार हाल कृषि उद्यम केन्द्रमा डिवी वस्नेत र कर तथा राजस्व कर तथा राजस्वमा अम्बिकाप्रसाद पौडेललाई सभापति तोएिको हो । महासंघमा जिल्ला जिल्लामा बजेट परिचालन गर्न कृषि उद्यम केन्द्र र उद्योगी व्यवसायीको समस्या समाधानका लागि राजस्व समिति महत्पूर्ण मानिन्छ ।

लामो समयदेखि व्यवसायीहरुका कर तथा राजस्व सम्बन्धी थुप्रै मुद्दाहरु विचाराधिन अवस्थामा रहेकाले पनि सरकारसँग सहकार्य गर्दै उक्त समस्या समाधान गर्न सो समितिको महत्पूर्ण भुमिका रहन्छ । सरकारपछिको दोस्रो ठूलो संजाल रहेको महासंघको बजेट निर्माणमा क्रममा सरकारलाई सुझाव दिनका लागि पनि कर तथा राजस्व समिति नै बढी सक्रिय रहन्छ ।

यस्तै कषि उद्यम केन्द्रमा नेपाल सरकार र विदेशी दातृ निकायको समेत लगानी हुने भएकाले बजेट परिचालनको हिसावले महासंघको सबैभन्दा शक्तिशाली समिति मानिन्छ । देशमा कृषि प्रवद्र्धनका लागि कृषि मन्त्रालय र सो सम्बन्धी विदेशी दातृ निकायले उक्त समिति मार्फत अनुदान दिएर जिल्ला जिल्लामा लगानी समेत गर्दै आएका छन् । जसले महासंघ अन्तरगतका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ र बस्तुगत संघहरुलाई चलायमान बढाउन ठूलो सहयोग गर्ने छ । सो समितिले वार्षिक रुपमा करोडौ रुपैयाँ बजेट परिचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL