Logo

टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ रंङमा सार्वजनिक, कति छ मूल्य ?

टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ रंङमा सार्वजनिक, कति छ मूल्य ?



काठमाडौं । विश्वमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको प्रतिष्ठित निर्माता टिभिएस मोटर्सले टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लू रंगमा सार्वजनिक गरेको छ । यो रोमाञ्चक नयाँ रंग, युवावर्गले मनपराई दिएको विद्यमान रेस संस्करणको रातो र पहेँलो रंगसँगै राखिने छ ।

laxmi

टिभिएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरीन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउँछ । कालो, मेटालिक ब्ल्याक र मेटालिक नीलोको अद्वितीय तीन टोन संयोजनले निश्चय नै राइडरलाई बाँकी भन्दा फरक भएको महसुस गराउँछ ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक श्री शाहिल अग्रवालले नेपालमा टिभिएस एनटर्क १२५ रेस एडिसन मरीन ब्लुा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । उनले स्मार्ट स्कूटर आरटी एफआईको समावेश संग एक बेस्ट–इन–क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको बताए ।

त्यस्तै, लन्चको बारेमा बोल्दै कार्यकारी निर्देशक, श्री अखिल गुप्ताले यसले युवावर्गको लागि एक रोमाञ्चक, शक्तिशाली अनुभव प्रदान गरेर नेपालमा स्कुटर उपभोक्ताहरूको अपेक्षालाई पुनः परिभाषित गरेको बताए ।

स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टिभिएस एनटर्क १२५ रेस एडिसनले सिग्नेचर एलईडी टेल र हेडल्याम्पसहितको तीखो, आक्रामक शैलीलाई मूर्त रूप दिन्छ । स्कूटरमा रहेको अद्वितीय ‘रेस एडिसन’ प्रतीकले टिभिएस रेसिङ पेडिग्रीलाई थप जोड दिन्छ । स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय ह्वीलले स्कूटरको स्टाइललाई अझ बढाउँछ ।

यस स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ । ६० भन्दा बढी सुविधाहरूका साथ पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रदान गर्दछ । टिभिएस एनटर्क १२५ रेस एडिसन १२४.८ सीसी, सिंगल–सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर–कूल्ड, फ्युल इन्जेक्टेड इन्जिनले सञ्चालित छ ।

पास बाइ स्वीच, डुअल साइड स्टियरिङ लक, पार्किङ ब्रेक र इन्जिन किल स्विच जस्ता मुख्य विशेषताहरूले स्कूटरको सुविधा अझ बढाउँछ । यसका अतिरिक्त, टिभिएस एनटर्क १२५ रेस एडिसनमा बाह्य इन्धन भर्ने सुविधा, युएसबी चार्जर, ठूलो २०–लिटर अन्डरसेट स्टोरेज र टिभिएस प्याटेन्टेड इजेड सेन्टर स्ट्यान्ड रहेको छ ।

मरीन ब्लू कलरमा उपलब्द नयाँ टिभिएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा मूल्य २ लाख ९९ हजार ९०० रहेको छ । यो नेपालभर टिभीएस मोटर कम्पनीको आधिकारिक डिलरशिपहरूमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL