काठमाडौं । टीभीएसको नयाँ स्कुटर टीभीएस जुपिटर ११० नेपालमा सार्वजनिक भएको छ। टीभीएस ब्राण्डको नेपालका लागि आधिकारी आयातकर्ता तथा बिक्रेता कम्पनी जगदम्बा मोटर्सले उक्त स्कुटर सोमबार सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार जुपिटरलाई पूर्ण रूपमा ‘एर्गोनोमिक्स’ ध्यानमा राखेर सपोर्टिव र स्टाइलिश डिजाइन गरिएको छ। सबै उमेर, लिङ्ग र शारीरिक बनावट भैएका प्रयोगकर्तालाई लक्षित गर्दै, स्कुटरको ह्यान्डल, सिट उचाइ र फ्लोरबोर्ड अत्यन्त सहज बनाइएको कम्पनीको भनाई छ ।
यसको आकर्षक पियानो ब्ल्याक फिनिश र सिग्नेचर इनफिनिटी लाइट्सले आधुनिक नेपालको बदलिंदो सौन्दर्य रुचिलाई झल्काउँछ । साथै, यो स्कुटरमा स्मार्ट अलर्टसहितको पूर्ण डिजिटल रंगीन स्पीडोमिटर, औसत र रियल टाइम माइलेज देखाउने सुविधाजस्ता फिचरहरू समावेश छन् ।
सुरक्षाका नयाँ मानकहरु
स्कुटरमा सुरक्षा र सुविधा दुवैको उत्कृष्ट संयोजन पाइन्छ, जसमा यी कुराहरु समावेश मेटल म्याक्सको भरपर्दो संरचना -धातुका फ्युल ट्यांक, साइड प्यानल, फ्रन्ट फेन्डर छन्:
Dual Helmet Storage (सिट मुनि ३३ लीटर स्टोरेज )
Emergency Brake Warning
Tum Signal Reset
Follow Me Headlamp
अन्य विशेषताहरु
नयाँ डिजाइनमा इनफिनिटी लाइट बार, प्रिमियम पियानो ब्ल्याक प्यानल र आकर्षक आधुनिक बनावट आधुनिक,
हल्का र शक्तिशाली इन्जिन iGO असिस्ट सहित, जसले दिएको छ अझ राम्रो टर्क र इन्धन दक्षता
डुअल हेल्मेट अन्डर- सिट स्टोरेज (सिट मुनि ३३ लीटर स्टोरेज), अगाडिबाट इन्धन भरिने सुविधा र फराकिलो फुटबोर्ड स्पेस
सुरक्षा बढाउने रोपेटल डिस्क ब्रेक, टर्न सिग्नल ल्याम्प रेस्ट, इमर्जेन्सी ब्रेक वार्निङ, ह्याजाई ल्याम्प र MetalMaxx Body
लामो सिटसहितको Body Balance 2.0 प्रविधिले सवारी नियन्त्रण र आराममा सुधार
“Find Me” सुविधा, “Follow Me” हेडल्याम्प, र सहज प्रयोगयोग्य अटो क्यान्सल हुने TSL सुविधा TVS
SMARTXONNECT TM ब्लुटुथ जडान भएको डिजिटल क्लस्टर – कल, एसएमएस, नेभिगेसन र भ्वाइस असिस्टसहित
Distance to Empty, Real Time Fuel Efficiency, Average Fuel Efficiency मूल्य
यो स्कुटरको शुरुआती मूल्य २ लाख ५७ हजार ९०० रुपैया राखिएको छ । यो Disc SXC भेरियन्टमा सम्पूर्ण TVS शोरुमहरुमा उपलब्ध हुनेछ ।
जगदम्बा मोटर्स नेपालको बारेमा
जगदम्बा मोटर्स नेपालमा दुई पांग्रे र व्यावसायिक सवारीसाधनको प्रमुख वितरक तथा सेवा प्रदायक कम्पनी हो । गुणस्तर, ग्राहक सन्तुष्टि र नवीनतम समाधानप्रति दृढ प्रतिबद्धता लिएर, जगदम्बा मोटर्सले लामो समयदेखि नेपाली बजारमा विश्वस्तरीय मोबिलिटी उत्पादनहरु ल्याउँदै आएको छ । टिभिएस मोटर कम्पनी लगायतका प्रतिष्ठित विश्वव्यापी ब्रान्डहरुको आधिकारिक डिलरको रूपमा, जगदम्बा मोटर्सले नेपालभरि रहेका व्यापक डिलरशिप नेटवर्कमार्फत उत्कृष्ट बिक्री, बिक्रीपछिको सेवा र वास्तविक स्पेयर पार्ट्स उपलब्ध गराउन गर्व गर्दछ ।
